मौसम पूर्वानुमान : कस्तो रहला दिनभरको मौसम ?

मौसम पूर्वानुमान : कस्तो रहला दिनभरको मौसम ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । करिब एक साता लामो झरीपछि मौसम खुल्न थालेको छ । अहिले देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको पुर्वी बिहार आसपास रहेको न्युन चापीय प्रणाणी कमजोर हुने क्रममा रहेको छ । आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र ५ नं प्रदेशका थोरै स्थानहरूमा हल्काको सम्भावना रहेको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान :-

असोज १२ गते (सोमबार)
दिउँसो : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र ५नं प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

राती : प्रदेश नं १ र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ।

असोज १३ गते (मंगलबार)

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र ५नं प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

राती : प्रदेश नं १ र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

असोज १४ गते (बुधबार)

दिउँसो : प्रदेश नं १, प्रदेश नं २,बागमती प्रदेश, गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली भइ एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

Recent Comments

No comments to show.