अनलाइन कक्षाले मोबाइलको माग बढ्यो, डिजेलभन्दा मोबाइलको आयात बढी

अनलाइन कक्षाले मोबाइलको माग बढ्यो, डिजेलभन्दा मोबाइलको आयात बढी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रविधिको विकासले विश्वमा नयाँ नयाँ मोबाइलको विकास हुँदै गएको छ। पछिल्लो समय रहरले भन्दापनि बाध्यताले नेपालीहरुमा मोबाइलको मोह बढेको छ । 

विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण गरिएको बन्दाबन्दीले मोबाइलको आयात बढेको छ ।  भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिनामा  ९ लाख ९५ हजार मोबाइल सेट आयत भएको छ ।

साउन महिनामा  ४ अर्ब १८ करोड रूपैयाँ मूल्य बराबरको ४ लाख ६७ हजार गोटा मोबाइल सेट आयात भएको थियो ।  भदौं महिनमा दुईगुणा भन्दा बढीले वृद्धि भएको तथ्याङमा उल्लेख छ ।  

पछिल्लो समय मोबाइल प्रयोगकर्ता बढ्दै जानु कोरोना महामारीको कारण अनलाइन कक्षा सञ्चालन हुनुले नै मोबाइलको माग बढेको व्यापारीको दाबी छ । 

एकै परिवारमा अलग अलग कक्षामा पढ्ने विद्यार्थीको पढ्ने समय एकै हुनाले एक परिवारमा आवश्यक भन्दा बढी मोबाइल किन्नु पर्ने बाध्यता रहेको छ । 

नेपालले बढी मोबाइल नेपाल आयात गर्नेमा चीन, भारत र भियतनाम रहेका छन् । चीनबाट ८ लाख ५ हजार, भारतबाट १ लाख ७६ हजार र  भियतनामबाट १२ हजार मोबाइल सेट आयात भएको भन्सार विभागको तथ्याङ्क छ।

मोबाइलको विकाससँगै यसले अरू विद्युतीय माध्यमलाई विस्थापित गर्दै गइरहेको छ।

मोबाइलमा नै रेडियो, क्यामेरा, घडी, टर्चको सुविधा विकास भएपछि यी सामग्रीको प्रयोग कम हुँदै गएको छ । त्यस्तै भारत, भियतनाम, हङ्कङ, जापान, कोरिया, मलेसिया लगाएतका देशबाट समान्य रुपमा मोवाइल सेट नेपाल आयात भएका छन् ।

बालकदेखि वृद्धसम्म सबै किसिमको जानकारी पाउन र पठाउन मिल्ने विद्युतीय माध्यमका रूपमा मोबाइल मानवजीवनको अभिन्न अंगजस्तै पर्यायवाची बन्दै गएको छ।

नेपालमा पनि नयाँ नयाँ मोबाइल आयात हुँदै गएका छन्। रोजगारीमा गएका नेपाली, विदेश भ्रमणमा गएका व्यक्तिका साथै अध्ययनका लागि विदेशिएका नेपालीबाट पनि मोबाइलको आयात बढ्दो क्रममा रहेको अवस्था छ।

Recent Comments

No comments to show.