कोरियन स्वादको हटपट चाउचाउ रामेनको ब्राण्ड एम्बेसडरमा श्रृखंला खतिवडा अनुवन्ध

कोरियन स्वादको हटपट चाउचाउ रामेनको ब्राण्ड एम्बेसडरमा श्रृखंला खतिवडा अनुवन्ध

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पोखरा नुडल्स प्रालिले फरक स्वादको ‘हटपट’ चाउचाउ बजारमा ल्याएको छ । लामो समयको अनुसन्धानपछि फरक स्वादको ‘हटपट’ चाउचाउ बजारमा ल्याएको कम्पनीले बताएको छ ।

अथेन्टिक कोरियन चाउचाउको स्वाद बढी रुचाइएकोले नेपाली बजारमा पहिलो पटक नेपाली र अथेन्टिक कोरियन स्वादको समिश्रणको रुपमा ‘हटपट’ चाउचाउ (रामेन) बनेको पोखरा नुडल्स प्रालिका अध्यक्ष श्रीराम पाण्डेले बताए ।

अध्यक्ष पाण्डेले भने, ‘करिव डेढ वर्षको अनुसन्धानपछि यो चाउचाउ बजारमा ल्याएका छौं ।’ कम्पनीले हाल दुई संस्करणमा हटपट चाउचाउ बजारमा ल्याएको छ ।

पहिलो, ‘हटपट चिकन गोरमेट स्पाइसी’ सुपी नुडल्स हो । जुन झोल बनाएर खाने सुपी नुडल्सका रुपमा लिइन्छ । यो खासै पिरो छैन् । त्यसैले सबै उमेरका व्यक्तिहरूलाई यो सुहाँउदो छ। यसमा सिजनिङ पाउडरसँगसँगै ड्राइ भेजिटेवलको प्याकेट हुन्छ ।

दोस्रो, ‘हटपट’ टु एक्स स्पाइसी हो । जुन पकाएको पानी फ्याँकेर चाउचाउलाई सुख्खा बनाइ स्पाइसि पेष्ट एवम रोस्टेड फ्लेक्स मोलेर खाने गरिन्छ ।

टु एक्स स्पाइसी मिठो साथै अलि पिरो मन पराउनेहरुका लागि बनेको कम्पनीको भनाइ छ ।

दुई थरीकै ‘हटपट’ प्रति प्याकेट सय ग्राम छ भने उपभोक्ता मुल्य प्रति प्याकेट ५० रुपैयाँ राखिएको छ ।

‘हटपट’ सिरिज अन्तर्गत अहिले गुरमे स्पाइसी चिकेन र टु एक्स स्पाएसी ल्याएकोमा अबको एक महिनामा गुरमे स्पाइसी भेजिटेवल ल्याउने तयारी कम्पनीले गरेको छ ।

गुरमे स्पाइसी भेजिटेवल शाकाहारीका लागि हो । तर यसको स्वाद पनि सबै खालका ग्राहकहरूले मनपराउने विश्वास कम्पनीको छ ।

यसै आर्थिक वर्ष भित्र थप नयाँ फ्ल्वेरमा हटपट सिरिजका अन्य उत्पादनहरू ल्याउने गरी काम भइरहेको कम्पनीले बताएको छ ।

यसरी विभिन्न स्वादका तयार भएपछि अन्तर्राष्ट्रिय बजारमासमेत निर्यात गर्ने योजना रहेको अध्यक्ष पाण्डेले बताए ।

सफ्ट लन्चिङको पहिलो चरणमा पोखराको बजारमा सार्वजनिक गरी डिपार्टमेन्टल स्टोर एवम् किराना पसलहरूमा यो चाउचाउ उपलब्ध गराइएको छ ।

काठमाडौं उपत्यकामा भने भाटभटेनी, विगमार्ट, डेलि ग्रोसरी, स्तुती मार्ट लगायत अन्य सिगंल आउटलेट मार्ट हरूमा पनि गएर किन्न सकिन्छ ।

साथै अनलाइनमा दराज डट कम, ग्यापु डट कम आदि बाट समेत किन्न सकिन्छ ।

लक डाउनले गर्दा काठमाडौ उपत्यकाका सबै क्षेत्रमा यो चाउचाउ पु¥याउन नसकिएको र दशैं अगाडि सहजै सबै क्षेत्रमा किन्न पाइने गरी बजार बिस्तार गरिरहेको कम्पनीले बताएको छ ।

उपत्यकाका साथै देशका विभिन्न स्थानमा पनि चाउचाउ पुर्याउने तयारी भइरहेको छ ।

श्रृंखला खतिवडालाई ब्राण्ड एम्बेसडर

कम्पनीले ‘हटपट’ नुडल्स सिरिज सबै उत्पादनहरूको लागि पूर्व मिस नेपाल श्रृंखला खतिवडालाई ब्राण्ड एम्बेसडर अनुवन्ध गरेको छ।

अर्को यी उत्पादनहरू भविष्यमा नेपाल बाहिर पनि निर्यात गर्ने योजना भएकाले हामीलाई अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाएका नेपाली हुँदा राम्रो हुन्छ भन्ने लागेर उहाँलाई छानेका हौं, अध्यक्ष पाण्डेले भने।

’हटपट’ चाउचाउ सिरिजको ब्राण्ड एम्बेस्डर बनेपछि संक्षिप्त प्रतिक्रिया दिदैँ खतिवडाले भनिन् ’हटपट’ नुडल्स स्वाद र गुणस्तरमा विश्वस्तरिय छ । पहिले महँगो पैसा तिरेर अरू अन्तराष्ट्रिय ब्राण्डहरू नै खोज्नुपथ्र्यो भने अब ’हटपट’ले अत्यन्त सुलभ मुल्यमा नेपालमै सोही गुणस्तर उपलब्ध गराउँदै छ।

उनले नेपाली ब्राण्ड विदेशी मुलुकहरूमा चिनाउन पहल गर्ने बताइन्। श्रृंखला खतिवडाले नेपाली सौन्दर्य प्रतियोगिता मिस नेपाल २०१८ की विजेता हुन् ।

पोखरा नुडल्डले रम्बा, बोनस र जोजो चाउचाउ उत्पादन गरिरहेको छ ।

Recent Comments

No comments to show.