थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि, देशभर १८ हजार १४२ जना सक्रिय संक्रमित

थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि, देशभर १८ हजार १४२ जना सक्रिय संक्रमित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ११ हजार १ सय ५४ जनाको पीसीआर परीक्षणमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको मन्त्रालयले बताएको छ ।

पछिल्लो २४ घन्टामा थप ८ सय २३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ४८ हजार ६१ जना उपचारपछि निको भएका छन्।

हाल देशभर १८ हजार १४२जना सक्रिय संक्रमित छन्।

Recent Comments

No comments to show.