शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को लाभांश वितरण नगर्ने

शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को लाभांश वितरण नगर्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काडमाडौं। शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लाभांश वितरण नगर्ने बताएको छ ।

कम्पनीको असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण नगरी उक्त रकम जगेडा कोषमा राख्ने निर्णय गरेको सूचनामा जनाएइको छ ।

कम्पनीले गत आव २०७६/७७ को वित्तीय विवरण पनि सैद्धान्तिक स्वीकृतिका लागि बीमा समितिमा पेश गर्ने निर्णय गरेको छ ।

समितिबाट निर्जीवन बिमा गर्ने बिमकको वित्तीय विवरण सम्बन्धी निर्देशनबमोजिमको वित्तीय विवरणहरु तथा नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) बमोजिम वित्तीय विवरण पारित गरी बिमा समितिको स्वीकृतिका लागि पेस गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

यस कम्पनीले ३० प्रतिशत हकप्रद शेयर विक्री गरी बीमा समितिले तोके बमोजिमको चुक्तापूँजी कायम गरेको छ ।

शिखरले रू. १ अर्ब ५ करोड ७३ लाख १० हजार चुक्तापूँजीको आधारमा ३० प्रतिशत हकप्रद विक्री गरेको हो । हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी रू। १ अर्ब ३७ करोड ४५ लाख ३ हजार पुगेको छ ।

Recent Comments

No comments to show.