कोभिड प्रोटोकलको पूर्ण पालना गर्न उद्योगी व्यवसायीलाई परिसंघको आग्रह

कोभिड प्रोटोकलको पूर्ण पालना गर्न उद्योगी व्यवसायीलाई परिसंघको आग्रह

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कार्यालय उद्योग परिसर प्रवेश, कार्यस्थल सरसफाइमा स्वास्थ्य सुरक्षा व्यवस्था लागू गर्न र निसंक्रमणलाई पूर्णरुपमा पालना गर्न नेपाल उद्योग परिसंघले आफ्ना सदस्य लगायत सबै उद्योगी व्यवसायीहरुलाई आग्रह गरेको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै उसले कार्यस्थलमा भौतिक दूरी कायम गर्ने, सवारी साधानको प्रयोग गर्ने सम्बन्धमा, उत्पादन प्रशोधन तथा सामाग्री व्यवस्थापन गर्दा समेत कोभिड प्रोटोकलको पूर्ण पालनाको लागि आग्रह गरेको हो ।

औद्योगिक उत्पादनहरु ढुवानी र बजार व्यवस्थापनमा समेत सरकारले तोकेका मापदण्डहरुको पूर्णपालना गरी यस्ता कार्यहरु गर्नुहुन उसको अनुरोध छ ।

त्यसैगरी उद्योग सञ्चालन, ढुवानी तथा बजारीकरणको सिलसिलामा संकास्पद संक्रमित व्यक्तिहरु देखिएमा सुरक्षित तवरबाट स्वास्थ्य संस्थामा पु¥याउने, औद्योगिक प्रतिष्ठानमा सचेतना कार्यक्रम सञ्चालन गर्ने र व्यवस्थापनबाट प्रोटोकलको पालना भएनभएको सम्बन्धमा अनुगमन गर्ने कार्यहरुलाई पनि प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याउन परिसंघले अनुरोध गरेको छ ।

सरकारले बनाएको कोभिड प्रोटोकलमा परिसंघको सुझावलाई प्राथमिकताका साथ समावेश गरेको उसको भनाइ छ ।

विशेषगरी उद्योग प्रतिष्ठानहरुमा सरकारले तोकेको निश्चित प्रोटोकल सम्बन्धमा चेकलिष्ट नै बनाई उद्योग परिसरमा राख्न समेत परिसंघले आग्रह गरेको छ ।

‘यसबाट रोगको संक्रमणबाट बच्नको लागि सहयोग पुग्दछ भने रोग लागिहालेमा उपचार गर्न, आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ्ग गर्न र अन्य व्यक्तिलाई संक्रमण हुनबाट जोगाउन सहयोग पुग्ने परिसंघको विश्वास रहेको छ,’ उसले भनेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ बाट नेपालका उद्योग व्यवसायहरु पनि नराम्ररी प्रभावित भएको र यसबाट उद्योगमा कार्यरत कामदार, श्रमिक, मजदुर र कर्मचारीहरु रोगलेभन्दा भोकले प्रभावित हुने देखिएकोले नेपाल उद्योग परिसंघले कोभिडसँगै काममा लागौ भन्ने स्लोगन समेत अगाडी सारेको थियो ।

यसको मुख्य आशय भनेको उद्योगमा कार्यरत कामदार, श्रमिक, मजदुर र कर्मचारीहरुको मनोवल उच्च बनाई काममा फर्काउनु रहेको उसको भनाइ छ ।

Recent Comments

No comments to show.