बैतडीमा भेटिए दादुरा रुबेलाका बिरामी

बैतडीमा भेटिए दादुरा रुबेलाका बिरामी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी। जिल्लाका दुई बालबालिका तथा एक किशोरीमा दादुरा र रुबेलाको रोग देखा परेको छ।

पाटन र दशरथचन्द नगरपालिकामा ती रोगका बिरामी देखिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए।

उनका अनुसार दशरथचन्द-२ का २ वर्षीय बालकमा रुबेला, पाटन-४ का चार वर्षीय बालक र दशरथचन्द नगरपालिका-६ की १८ वर्षीया किशोरीमा दादुरा देखिएको हो।

दादुरा रुबेला देखिएका दुवै ठाउँमा स्वास्थ्यकर्मीले उच्च सतर्कता साथ उपचार गरिरहेको खोप सुपरभाइजर निरीक्षक भट्टले जानकारी दिनुभयो । उनले भने, “दादुरा रुबेला देखिएका ठाउँका अन्य बालबालिकामा पनि यस्तो लक्षण देखिए/नदेखिएका बारेमा स्वास्थ्यकर्मीले अध्ययन गरिरहेका छन्।” 

दादुरा रुबेलाको सङ्क्रमण देखिएका तीनैजनाले यसअघि खोप भने लगाएको पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ। खोप लगाएर पनि दादुरा रुबेला सङ्क्रमण देखिएकाले यसको विषयमा अध्ययन भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

उनले भने, “के कति कारणले उक्त रोगको सङ्क्रमण देखियो अध्ययनकै क्रममा छौं, अहिले नै कसरी भयो भनेर भन्न सकिने अवस्था छैन।”

अहिले जिल्लामा तीनजनामा मात्रै दादुरा रुबेलाको सङ्क्रमण देखिएकाले आत्तिहाल्नुपर्ने अवस्था नआएको तर सतर्क रहनुपर्नेमा स्वास्थ्यकर्मीहरूले जोड दिएका छन्। – रासस

Recent Comments

No comments to show.