थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृत्युदर ०.६३

थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृत्युदर ०.६३

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा  ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २ महिला र ५ पुरुष गरी ७ जनाको मृत्यु भएको  हो ।

मृत्यु हुनेमा मोरङमा ६६ वर्षीया महिला र ६६ वर्षीय पुरुष, काठमाडौंमा ८५ वर्षीया महिला र ८८ वर्षीय पुरुष, भक्तपुरमा ८२ वर्षीय पुरुष, ललितपुरमा ६६ र नवलपरासीमा ३१ वर्षीय पुरुषको मृत्यु भएको छ।  योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ९० पुगेको छ।

नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६३ प्रतिशत छ।

Recent Comments

No comments to show.