लिवर्टी ईनर्जीको आइपीओ आइतबारदेखि कारोबार हुने, ओपनिङ् रेञ्ज कति ?

लिवर्टी ईनर्जीको आइपीओ आइतबारदेखि कारोबार हुने, ओपनिङ् रेञ्ज कति ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। लिवर्टी ईनर्जी कम्पनीको साधारण सेयर नेपाल स्टक एक्स्चेञ्ज९नेप्से०मा सूचीकृत भएको छ ।

कम्पनीको अंकित मूल्य एक सय रुपैयाँ कायम भएको एक करोड ५० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले भदौ ३ गते जारी पुँजीको २५ प्रतिशतले हुन आउने ३७ करोड ५० लाख रुपैयाँबराबरको रु. १०० अंकित ३७ लाख ५० हजार कित्तामध्ये स्थानीय बासिन्दाका लागि निष्कासन गरिएकोमध्ये बाँकी रहन गएको १३ लाख १४ हजार ९३० कित्तासमेत गरी ३५ लाख ६४ हजार ९३० कित्ता (सामूहिक लगानी कोष तथा कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको कित्तासमेत) सेयर सर्वसाधारणमा निष्कासन गरेको थियो ।

यससँगै कम्पनीको उक्त सेयर आइतबार असोज ४ गतेदेखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल एलईसी दिइएको छ ।

यससँगै पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्युनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँ तोकेको छ ।

Recent Comments

No comments to show.