कुलमान घिसिङलाई पुन:नियुक्तिका मन्त्रिपरिषद्‍मा प्रस्ताव पेश

कुलमान घिसिङलाई पुन:नियुक्तिका मन्त्रिपरिषद्‍मा प्रस्ताव पेश

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको सचिवालयले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनःनियुक्तिका लागि मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव पेश गरेको जनाएको छ। 

ऊर्जामन्त्री पुनका सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईंले आज फेसबुकमार्फत् यस्तो जानकारी दिएका हुन्। 

उनका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकमा मन्त्री पुनले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशमा पुनःनियुक्तिका लागि प्रस्ताव पेश गरेका हुन्। 

उनले लेखेको छन्, ‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका सन्दर्भमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री माननीय वर्षमान पुन अनन्तज्यूले गत सोमबारको मन्त्रिपरिषद् बैठकमा कुलमान घिसिङलाई आगामी चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्ति गर्न प्रस्ताव पेश गर्नुभएको र हाल उक्त प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विचाराधीन अवस्थामा रहेको छ । अतः प्राधिकरणको आवश्यकता र आम जनचाहनालाई मध्यनजर गर्दै मन्त्रिपरिषद्ले उक्त प्रस्तावमाथि छिट्टै निर्णय गर्ने आशा गर्दछु ।’ 

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका सन्दर्भमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री माननीय वर्षमान पुन…

Posted by Durga P Chapagain Sachin on Wednesday, September 16, 2020

Recent Comments

No comments to show.