एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चनले एसिड पीडितको पक्षमा कानून बनाउने निर्णय गरेको नेपाल सरकारलाई धन्यवाद दिएका छन् ।
सामाजिक संजाल ट्वीटरमार्फत अभिनेता बच्चनले नयाँ कानून ल्याउने सरकारको निर्णयको स्वागत गर्दै यस अभियानलाई सफल बनाउने अभियन्ता उज्वल थापालाई धन्यवाद दिएका छन् ।
‘एसिड पीडितको मुद्दामा तपाईको कडा परिश्रमको फल प्राप्त भयो । धेरै बधाई छ । राम्रो काम जारी राख्नुहोस्’, उनले भनेका छन् ।
उनले उक्त कार्य नेपाललाई मात्र नभई भारतका लागि पनि उत्तिकै प्रेरणादायी हुने बताएका छन् ।
केही दिन अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड पीडितको पक्षमा कडा कानून ल्याउन निर्देशन दिएका थिए । उनले १५ दिनभित्र कानूनको मस्यौदा तयार पार्न निर्देशन दिएका हुन् ।
प्रतिक्रिया