‘कुलमानलाई पुन: नियुक्तीबारे पुनर्बिचार गर्न सांसद प्रभात तामाङको माग’

‘कुलमानलाई पुन: नियुक्तीबारे पुनर्बिचार गर्न सांसद प्रभात तामाङको माग’

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बागमती प्रदेश रसुवाका सांसद प्रभात तामाङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको पुनः नियुक्ती हुनुपर्ने माग गरेका छन् । 

सामाजिक सञ्जाल मार्फत सांसद तामाङले घिसिङलाई पदमुक्त गरिएको बारेमा सरकारले पुनर्बिचार गर्नुपर्ने  माग गरेका हुन् । 

 उनले लेखेका छन-‘कुलमान घिसिङ एक कुसल व्यवस्थापक हुन ऊर्जा क्षेत्रमा उनको कार्यकालमा अविस्मरणीय योगदान गरेका छन् । 

उनले शुरू गरेका धेरै कामहरु अधूरा पनि छन जसलाई पूर्णतादिन अत्यन्तै आवश्यक रहेको छ त्यसैले पनि उनलाई पुनः नियुक्ति गर्नु पर्ने थियो तर सरकारले यो कुरालाई वेवास्ता गरेर निर्देशक तामाङलाई पद मुक्त गरेको ख़बरले सारा नेपालीलाई दुःखी बनाएको समेत बताएका छन । त्यसैले उक्त निर्णय माथी सरकारले पुनर्विचार गर्नु पर्दछ । 

त्यसैगरि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको पुनः नियुक्ती हुनुपर्ने माग राख्दै युवाहरुले प्रर्दशन गरेका छन् ।

चार वर्षे कार्यकाल पूरा गरेर मंगलबार बिदा भएका घिसिङको पुनः नियुक्ती हुनुपर्ने मागसहित युवाहरुको समूहले प्रर्दशन गरेका थिए ।

ठूलो संख्यामा भेला भएका युवाहरुले सरकारविरुद्ध उचर्को नाराबाजी गरेका छन् । उनीहरुले ‘ओली तेरो पाराले, दुख पायो साराले, अ‍ोली सरकार मुर्दावाद कुलमान घिसिङ जिन्दावाद’ लगायतका नारा लगाएका थिए ।

Recent Comments

No comments to show.