असोजमसान्त भित्रै घर तथा गाडी कर्जामा स्थिर ब्याजदर कायम गर्न निर्देशन

असोजमसान्त भित्रै घर तथा गाडी कर्जामा स्थिर ब्याजदर कायम गर्न निर्देशन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई असोजमसान्त भित्रै स्थिर ब्याजदरको व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले बुधबार एकिकृत निर्देशन जारी गर्दै असोज मसान्त भित्रै स्थिर ब्याजदरको व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले भदौ २८ गते चालु आर्थिक वर्षको मौद्रिक नीतिको एकिकृत निर्देशनमा व्यक्तिगत प्रकृतिका आवधिक कर्जाहरुका हकमा स्थिर ब्याजदर कायम गर्नुपर्ने व्यवस्था अनुरुप उक्त निर्देशन जारी गरेको बताएको छ ।

यो व्यवस्था व्यक्तिको नाममा प्रवाह भएकारहुने घर कर्जा, गाडी कर्जा, लगायतका मासीक वा कुनै पनि आवधिक किस्तामा भुक्तानी हुने गरी प्रवाह गरिएका एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका कर्जामा लागू हुनेछ।

‘एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाहरुको ब्याजदर परिवर्तन नहुने गरी स्थिर ब्याजदर कायम गर्नु पर्नेछ ।

यस प्रयोजनको लागि, इजाजतपत्र प्राप्त संस्थाले एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका प्रत्येक व्यक्तिगत आवधिक कर्जाको ब्याजदर भुक्तानी अवधिभर परिवर्तन नहुने गरी स्थिर ब्याजदर (फिक्सड इन्ट्रेस्ट रेट) निर्धारण गर्नुपर्नेछ,’ निर्देशिकामा भनिएको छ ।

‘तर, ग्राहक स्वयंले इजाजतपत्र प्राप्त संस्थाको आधार दर परिवर्तन हुँदा परिवर्तन हुने परिवर्तनीय ब्याजदरमा कर्जा लिन चाहेमा ग्राहकको अनुरोधमा परिवर्तनीय ब्याजदर कायम गर्न यो व्यवस्थाले बाधा पुर्याएको मानिने छैन,’ निर्देशिकामा उल्लेख छ ।

यसअघि कर्जा लिने समयमा सस्तो ब्याजदरमा कर्जा लगानी गरेपनि त्यसको केहि महिनामा नै ब्याजदर बढाउने गरेको गुनासो ऋणीहरुले गर्दै आएका थिए। यो व्यवस्था लागु हुने भएसँगै नागरिकले बैंकबाट सहुलियत ब्याजदरमा ऋण पाउनेछन् ।

Recent Comments

No comments to show.