एक दिनमै प्रतिकेजी ४४ रुपैयाँले बढ्यो प्याजको मूल्य, थोक बजारमै किलोको १२० रुपैयाँ

एक दिनमै प्रतिकेजी ४४ रुपैयाँले बढ्यो प्याजको मूल्य, थोक बजारमै किलोको १२० रुपैयाँ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्याजको निकासीमा भारतले प्रतिबन्ध लगाएसँगै नेपालमा कालो बजारी सुरु भएको छ ।

प्याजको निकासीमा भारतले प्रतिबन्ध लगाएसँगै नेपालमा कालो बजारी सुरु भएको छ ।

भारतीय उद्योग तथा आपूर्ति मन्त्रालयले सूचना जारी गर्दै प्याजको निकासीमा प्रतिबन्ध लगाएसँगै नेपालमा अभाव देखाउँदै कालो बजारी सुरु भएको हो ।

प्रतिकिलो ४८ रुपैयाँमा खरिद गरेको प्याज १२० रुपैयाँमा बेचेको पाइएको छ । प्रहरीले बल्खुस्थित तरकारी बजारबाट प्याजमा कालो बजारी गर्ने ४ जना व्यापारीलाई पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीमा राखिएको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसहितको टोलीले बुधबार बल्खुलगायत विभिन्‍न तरकारी बजारको अनुगमन गरेको थिए ।

त्यस्तै थोक मूल्यमा नै प्याज किलोको ४५ रुपैयाँसम्म बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्क अनुसार मंगलबार ७६ रुपैया रहेको प्याज बुधबारको लागि १२० रुर्पैयाँ तोकिएको छ ।

उक्त मूल्य कालिमाटी फलफूल तथा तरकारी बजारमा नै तोकिएको थोक (होलसेल) मूल्य हो । बाहिरी खुद्रा बजारमा अझ यो भन्दापनि बढी मूल्यमा कारोबार भइरहेको छ ।

दक्षिणी राज्यमा अधिक वर्षाका कारण बाली प्रभावित भएपछि आन्तरिक माग धान्‍न भन्दै भारतले सोमबारबाट प्याक निकासी रोकेको हो ।

Recent Comments

No comments to show.