बाढी, पहिरो र चट्याङबाट वैशाख यता ३७१ को मृत्यु, १०२ बेपत्ता

बाढी, पहिरो र चट्याङबाट वैशाख यता ३७१ को मृत्यु, १०२ बेपत्ता

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गत वैशाखयता बाढी, पहिरो र चट्याङले मुलुकलाई नराम्ररी प्रभावित बनाएको छ । यसपालि मुलुकले ठूलो जनधनको क्षति बेहोरेको छ ।

बाढी, पहिरो र चट्याङका घटनामा परी  ३७१ जनाले ज्यान गुमाएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार देशको विभिन्न ठाँउमा बाढी, पहिरो र चट्याङमा परि बैशाख १ देखि भदौं २९ गतेसम्म उनीहरुको ज्यान गएको हो ।

जसमा १०२ जना हराईरहेका छन् भने ४१८ जना घाइते भएका छन्। तथ्याङ अनसार पहिरोका घटनामा परी २७० जनाको मृत्यु, ६६ जना वेपत्ता भएका छन् । २०६ जना घाइते भएका छन्।

सोही अवधिमा बाढीका घटनामा परी ३९ जनाको मृत्यु, ३६ जना बेपत्ता र ११ जना घाइते भएका छन्।

यो अवधिमा चट्याङ् लागेर ६२ जनाको मृत्यु भएको छ भने २०१ जना घाइते भएका छन्।

Recent Comments

No comments to show.