दुई करोड क्षतिपूर्तिको माग राख्दै कंगनाले हालिन् अदालतमा मुद्दा

दुई करोड क्षतिपूर्तिको माग राख्दै कंगनाले हालिन् अदालतमा मुद्दा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी। बलिउड नायिका कंगना रनौतले आफ्नो अफिस तोडफोड गर्नेविरुद्ध अदालतमा उजुरी दिएकी छन्। बृहन्मुम्बई महानगरपालिकाले उनको मणिकर्णिका अफिसमा तोडफोड गरेको थियो। उक्त तोडफोडको विरूद्ध गर्ने महानगरविरुद्ध दुई करोड क्षतिपूर्ति मागसहित उजुरी दिएकी हुन्।

यसअघि तोडफोड तत्काल रोक्न आदेश दिन भन्दै उनले मुम्बई उच्च अदालत गुहारेकी थिइन्। अदालतले महानगरलाई जवाफ पेश गर्न आदेश दिएको थियो। ९२ पृष्ठ लामो अपिलमा कंगनाले बृहन्मुम्बई महानगरबाट २ करोड क्षतिपूर्ति भराउन माग गरेकी हुन्।

सुशान्तसिंह राजपूतको आत्महत्या प्रकरणमा आवाज उठाइरहेकी कंगनाले मुम्बईलाई पाकिस्तानसँग तुलना गरेकी थिइन्। उनले चलचित्रका गुण्डाहरूभन्दा मुम्बई प्रहरीसँग बढी डर लाग्ने गरेको बताएकी थिइन्। जसले गर्दा उनलाई हिमाञ्चल प्रदेश सरकारले सुरक्षाको व्यवस्था समेत गरेको थियो।

मुम्बईको पाली हिलस्थित अफिसमा महानगरले ९ सेप्टेम्बरमा तोडफोड गरेको थियो। कंगनाले आफ्नो अफिसको ४० प्रतिशत भागमा क्षतिमा पुगेको बताएकी छन्।

९ सेप्टेम्बरमा नोटिस पठाएको महानगरले ९ सेप्टेम्बरमा अफिसमा तोडफोड गरेको थियो। महानगरले कंगनाले बनाएको अफिसमा बाथरूम, किचने र पार्किङ क्षेत्र अवैध रहेको दावी गर्दै आएको छ।

Recent Comments

No comments to show.