बिदा भए कुलमान, विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला नियुक्त

बिदा भए कुलमान, विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला नियुक्त

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी लेखनाथ कोइरालालाई दिइएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चार वर्षे कार्यकाल पूरा गरी बिदा भएपछि ऊर्जा, जल स्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले वरिष्ठतम उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशक तोकेका हुन्।

यसअघि कुलमान घिसिङले आफ्नो अनुपस्थितिमा लेखनाथ कोइरालालाई नै निमित्त प्रमुखको जिम्मेवारी दिने गरेका थिए । विद्युत् प्राधिकरणमा कुलमानलाई नै दोहोर्‍याउन चौतर्फी माग भए पनि घिसिङ प्राधिकरणबाट बाहिरिएका छन् ।

कुलमानको पुननियुक्तिमा सरकारलाई ठूलो जनदवाव रहेको छ । तर, सरकारले उनको कार्यकाल थप्ने निर्णय नगरेपछि उनी बाहिरिएका हुन् । सरकारले कसलाई कार्यकारी बनाउछ भन्ने अझै टुंग्गो लागिसकेको छैन ।

उनलाई प्राधिकरणले मंगलबार औपचारिक बिदाई गरेको छ । उनले आफ्नो चार वर्षे कार्यकाल सफलतापूर्वक पार गरी बिदा भएका हुन् । नेपालमा १८ घण्टासम्म लोडसेडिंग भइरहेको समयमा नेतृत्व सम्हालेका उनले अन्धकारबाट नेपाललाई पार मात्र लगाएनन्, प्राधिकरणलाई वार्षिक ५ अर्ब मुनाफा कमाउने संस्थामा परिणत समेत गर्न सफल भएका छन् ।

उनलाई कर्मचारीले पुन नियुक्तिको शुभकामना समेत दिएका छन् । बिदाई समारोहणमा कुलमानले सबैको साझा प्रयासबाट आफुले सफलता पाएको भन्दै आगामी दिन समृद्ध नेपाल निर्माणमै खर्च गर्ने प्रतिवद्धता व्यक्त गरे ।

Recent Comments

No comments to show.