रियाले २५ बलिउडकर्मीमाथि लगाइन् लागुऔषध सेवनको आरोप

रियाले २५ बलिउडकर्मीमाथि लगाइन् लागुऔषध सेवनको आरोप

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी। लागुऔषधको सेवन तथा कारोबार आरोपमा बलिउड अभिनेत्री रिया चक्रवर्तीमाथि छानबिन भइरहेको छ। नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले उनलाई न्यायिक हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

बयानका क्रममा रिया आफूले लागुऔषध प्रयोग गर्ने गरेको स्वीकार गरिसकेकी छन्। त्यस्तै उनले आफ्ना पूर्वप्रेमी तथा बलिउड अभिनेता सुशान्तसिंह राजपूतले पनि लागुऔषध प्रयोग गर्ने गरेको स्वीकारिन्।

उनले आफूसँगै अन्य २५ जना बलिउडकर्मीले लागुऔषध सेवन गर्ने गरेको बताउँदै उनीहरुको नामसमेत लिएकी छन्। भारतीय सञ्चारमाध्यमका अनुसार एनसीबीले ती बलिउडकर्मीहरूमाथि पनि आवश्यक अनुसन्धान गर्नेछ।

केही हिरो हिरोईन तथा चलचित्र निर्माता समेत लागुऔषध प्रयोग गर्ने गरेको रियाले बयानका क्रममा खुलाएकी हुन्। उनले चलचित्र निर्माताहरूले नै सुशान्तकालाई कोकिन, हिरोइन जस्ता लागुऔषध दिने गरेको बताएकी थिइन्।

भारतीय सञ्चारमाध्यमका अनुसार रियाले अभिनेत्री साराअली खान, रकुलप्रित सिंह, फेसन डिजाइनर सिमोन खम्बाटा, कास्टिङ डाइरेक्टर मुकेश छबाडालगायतको नाम लिएकी छिन्।

तर, एनसीबीले भने रियाले लिएको कुनै पनि नाम सार्वजनिक गरेको छैन्।

रकुल रियाकी जिम पार्टनर थिइन्। उनीहरू दुवै जना धेरै पटक मुम्बईमा जीममा सँगै आउने-जाने गरेका थिए। उनको नाम सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा उनको चर्चा भइरहेको छ।

एनसीबी अधिकारीहरूले रियाविरुद्ध बलियो प्रमाण फेला पारेका दावी गर्दै आएका छन्। लकडाउनको समयमा कुरियरमार्फत सुशान्तको घरबाट रियाको घरमा आधा किलो लागुऔषध गएको एनसीबीले अधिकारीहरूले दाबी गरेका छन्।

सुशान्तका घरका कर्मचारी दीपेश सावन्तले कुरियर ब्वाइलाई पार्सल दिएका थिए। जो रियाको घरमा डेलिभर भएको थियो। र रियाका भाई शोविकले उक्त पार्सल बुझेका थिए।

कसैले शंका नहोस् भन्ने उद्देश्यले केही घरेलु सामानसहित गाँजा पठाइएको थियो। लकडाउनको समयमा प्रहरीले पक्राउ गर्न नसकोस् भनेर कुरियर गरिएको थियो।

यदि आरोप प्रमाणीत भएको खण्डमा रियालाई अधिकतम २० वर्षसम्मको जेल सजाय हुनसक्छ। लागुऔषध कम परिमाणको भयो भने एक वर्ष, त्यो भन्दा बढी परिमाणको भयो भने १० वर्ष तथा व्यापारिक दृष्टिकोणका लागि भयो भने २० वर्ष सम्मको जेल सजाय हुनसक्ने भारतीय कानूनी प्रावधान छ।

एनसीबीले उनलाई व्यापारिक दृष्टिकोणको लागुऔषध कारोबार तथा प्रयोगकर्ता भएको दाबी गरेको छ।

Recent Comments

No comments to show.