काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ ।
शुक्रबार सुनको मूल्य प्रतितोला ९६ हजार ५ सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रहेको छ भने तेजावी सुनको मूल्य ९६ हजार रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १३१० मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ ।
प्रतिक्रिया