सिन्धुपाल्चोकमा पहिरो १८ घर पुरिए , ठूूलो क्षतिको आशंका

सिन्धुपाल्चोकमा पहिरो १८ घर पुरिए , ठूूलो क्षतिको आशंका

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङमा गएराति गएको पहिरोले १८ घर पुरेको छ ।

घुम्थाङको भीरखर्कका १० र नागपुजेका ८ घर पहिरोले पुुरिएका हुन् ।

पहिराले ठूूलो क्षतिको आशंका गरिएको छ तर क्षतिको एकिन विवरण आइनसकेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए । घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पठाइएको उनले बताए ।

ठाडो खहरे खोलाको बाढीसँगै पहिरो गएको अनुुमान छ । सिन्धुपाल्चोकमा गत साउन ३० गतेयता पटक पटक बाढी र पहिरो आउँदा ठूलो मानवीय क्षति भएको छ ।

Recent Comments

No comments to show.