सार्वजनिक यातायात चढ्दा सजग हुनुस्, जहाँ भीड, त्यहाँ कोरोना

सार्वजनिक यातायात चढ्दा सजग हुनुस्, जहाँ भीड, त्यहाँ कोरोना

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उपत्यकामा कोरोना संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दै गएको छ ।

संक्रमण बढेपनि जिल्ला प्रशासन कार्यालयले लगाइको निषेधाज्ञा खुकुलो बनाएको छ । निषेधाज्ञ खुलेसँगै चलहपहल पनि उत्तिकै बढेको छ ।

अत्यावश्यक काममा निस्किँदा सम्भव भएसम्म पैदल हिँड्न वा साइकल तथा मोटरसाइकलजस्ता दुई पांग्रे सवारी साधनको प्रयोग गर्न भनेका छन्। तर‚ कतिपय अवस्थामा हामीलाई सार्वजनिक यातायातकै प्रयोग गर्नुपर्ने बाध्यता हुन्छ। यस्तोमा मास्कको मात्रै भर पर्नुको सट्टा अन्य उपायतर्फ पनि ध्यान दिनुपर्छ।

यस्तोमा मास्कको मात्रै भर पर्नुको सट्टा अन्य उपायतर्फ पनि ध्यान दिनुपर्छ। स्वास्थ्य विशेषज्ञहरूले सार्वजनिक यातायातको प्रयोगलाई कम जोखिमपूर्ण बनाउन थप ५ उपाय सुझाएका छन्।

सार्वजनिक यातायातमा यात्रा गर्दा अन्य यात्रुसँग चर्को स्वरमा बोल्दै हुनुहुन्छ भने तपाईं आफूलाई जोखिममा पार्दै हुनुहुन्छ। विशेषज्ञहरूले यात्राको क्रममा नबोल्न वा कम बोल्न सुझाएका छन्।

उनीहरूका अनुसार शान्त वातावरणको तुलनामा हल्लाखल्लायुक्त वातावरणमा अधिक जोखिम हुन्छ।

अमेरिकामा हालै गरिएको एक अध्ययनअनुसार कूल संक्रमितमध्ये झण्डै दुईतिहाइ मानिस पछिल्लो १४ दिनयता कुनै न कुनै भीडभाडयुक्त स्थलमा गएको पाइयो। रेस्टुरेन्ट बार तथा कफीसपदेखि सार्वजनिक यातायातसम्मलाई भीडभाडयुक्त स्थल भनिएको हो।

सार्वजनिक यातायातमा लामो दूरी तय गर्न निश्चय नै यो सही समय होइन। त्यसो त‚ लामो दूरीका सार्वजनिक यातायातमा अस्थायी प्रतिबन्ध लागेको छ। तैपनि छिटफुट आवतजावत पूरै रोकिएको भने छैन।

लामो होस् वा छोटो सार्वजनिक यातायात प्रयोग गर्दै हुनुहुन्छ भने सिट रोज्दा पनि ध्यान दिनुपर्छ। सामान्यतयास् ट्याक्सी तथा साना सवारी साधनमा सिट रोज्ने विकल्प हुँदैन।

तर‚ बसमा यात्रा गर्दै हुनुहुन्छ भने ढोकानजिकैको सिटमा नबसेको राम्रो। मान्छेहरू उत्रने–ओर्लने गरिराख्दा ढोका आसपास घुइँचो हुने भएकाले जोखिम बढी हुन्छ।

उभिनुपर्ने छ भने सकेसम्म दोस्रो यात्रुसँग दूरी कायम गर्नेतर्फ सतर्क भइरहनु पर्छ। सवारी साधनको सतहलाई पनि सकेसम्म कम छुनुहोस्।

खोक्दा हाच्छ्यूँ गर्दा वा बोल्दा एकबाट अर्को मानिसमा कोरोना सर्ने सम्भावना हुन्छ। खुला वातावरणको तुलनामा बन्द वातावरणमा यसको जोखिम बढी हुने भएकाले बस वा ट्याक्सी प्रयोग गर्दै हुनुहुन्छ भने झ्याल खुल्ला राखेको राम्रो हुन्छ।

झ्याल खुला हुँदा सवारी साधनभित्र राम्ररी हावा खेल्न पाउँछ। पैदल हिँड्दा वा मोटरसाइकल चढ्दा छिनछिनमा वातावरण बदलिइरहेको हुन्छ भने चारपाङ्ग्रे सवारीसाधनमा झ्याल बन्द रहेको खण्डमा भित्रको वातावरण स्थिर हुन पुग्छ। यसैले झ्याल खोल्दा जोखिम कम हुनसक्छ।

Recent Comments

No comments to show.