सम्पतीको लागि यो मारकाट हो सम्झेर बस्नु ।
सुख या दुःख आफ्नो ललाट हो सम्झेर बस्नु ।
कि मरेर आँऊला कि सम्पती लिएर आँउला
आमा! परदेशिनु एउटा आँट हो सम्झेर बस्नु ।
चिनो के दिउ? प्रिया यो एउटा रुमाल लैजाउ
यो एउटा रुमाल पनि जुगाट हो सम्झेर बस्नु ।
तिर्खाएकाहरुलाई एक घुट्की पानी दियौ भने
त्यो महायज्ञ भन्दा पनि बिराट हो सम्झेर बस्नु ।
महलमा बस्नेको पनि झुपडीमा बस्नेको पनि
अन्तिम गन्तव्य त आर्यघाट हो सम्झेर बस्नु ।
प्रतिक्रिया