उपत्यकामा थपिए ४६४ जना कोरोना संक्रमित

उपत्यकामा थपिए ४६४ जना कोरोना संक्रमित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं उपत्यकामा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ४६४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ३९४, भक्तपुरका ३६ र ललितपुरका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै, बुधबार नेपालमा थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा‍. गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ। संक्रमितमध्ये ३३ हजार ८८२ जना निको भएर घर फर्किएका छन्।

प्रवक्ता गौतमका अनुसार बुधबारमात्रै कोरोनालाई जितेर ९१८ जना घर फर्किएका छन्।

Recent Comments

No comments to show.