प्रधानमन्त्रीलाई व्यापारीले भने- विद्युतीय कारमा बढाइएको भन्सार र अन्तशुल्क फिर्ता होस्

प्रधानमन्त्रीलाई व्यापारीले भने- विद्युतीय कारमा बढाइएको भन्सार र अन्तशुल्क फिर्ता होस्

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार व्यवसायीहरुसँग छलफल गरेका छन्।

उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधी र सम्बद्ध अधिकारीहरूसँग कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावको विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो ।

उक्त छलफल कार्यक्रममा व्यवसायीहरुले लकडाउनकै बीचमा व्यवसाय तथा बजार खुकुलो बनाउनुपर्ने, उद्योग तथा व्यापार गर्नका लागि सहजता हुनुपर्ने लगायतका माग राखेका थिए।

विद्युतीय कारमा बढाइएको अन्तशुल्क र भन्सार फिर्ता गर्न माग गरेका थिए ।

तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले चालु आर्थिक वर्षका लागि ल्याएको बजेटमा विद्युतीय सवारीसाधानको आयातमा १५० प्रतिशतभन्दा बढीसम्म कर बढाइदिएका थिए।

विद्युतीय सवारीमा ३० देखि ८० प्रतिशतसम्म अन्तशुल्क लाग्ने व्यवस्था गरेका थिए। यस्तै १० प्रतिशतमा रहेको भन्सारलाई पनि बढाएर ८० प्रतिशत कायम गर्दै ५० प्रतिशत छुट दिने व्यवस्था ल्याएका थिए।

सरकारले कर बढाएपछि व्यवसायीहरुले भन्सारसम्म पुर्‍याएका यस्ता सवारीसाधान भित्र्याएका छैनन्। निजी क्षेत्रका प्रतिनिधिसँग छलफल खतिवडा पनि सहभागी भएका थिए ।

Recent Comments

No comments to show.