यी हुन् १७ औँ निजामती सेवा दिवशमा पुरस्कृत ४० कर्मचारीहरू (सूचीसहित)

यी हुन् १७ औँ निजामती सेवा दिवशमा पुरस्कृत ४० कर्मचारीहरू (सूचीसहित)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सरकारले १७ औँ निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीहरूको नामावली सार्वजनिक गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको सूचीमा उत्कृष्ट निजामती सेवा पुरस्कारतर्फ १० जना र निजामती सेवा पुरस्कारतर्फ ३० जना परेका छन्।

उत्कृष्ट निजामती सेवा पुरस्कारतर्फ पहिलो नम्बरमा परराष्ट्र मन्त्रालयका सहसचिव सुशीलकुमार लम्साल रहेका छन्। उनी हाल नेपाली राजदूतावास बेइजिङमा उपनियोग प्रमुख छन्। कोरोना भाइरसको महामारी नियन्त्रण तथा रोकथामका लागि चीनबाट स्वास्थ्य सामग्री ल्याउने कार्यमा उनले विशेष भूमिका खेलेका थिए।

उक्त सूचीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव मानबहादुर अर्याल, नापी विभागका महानिर्देशक प्रकाश जोशी र जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन्।

यसैगरी संघीय मामिला मन्त्रालयका उपसचिव डिलाराम पन्थी, आयोजना कार्यान्वयन निर्देशनालयका सीडीई सुरतकुमार वम, लोक सेवा आयोगका उपसचिव टामलाल पाण्डे, कमल गाउँपालिका झापाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी अधिकृत उषादेवी देवकोटा र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका हसचा धनबहादुर लामाको नाम पनि उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारीको सूचीमा छ।

सरकारले प्रत्येक वर्ष निजामती दिवसको अवसरमा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्दै आएको छ।

हेर्नुहोस् पुरस्कृत हुने कर्मचारीहरुको पूरा सूची:   


Recent Comments

No comments to show.