काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।
कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको संख्या २७१ पुगेको छ।
प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा २ जना महिला र ७ जना पुरुष रहेका छन् । जसमा मोरङको ६४ वर्षिया महिला, झापाको ४५ वर्षिया महिला, मोरङको ४५ वर्षिया पुरुष, पर्साको ७७ वर्षिया पुरुष, धनुषाको ७७ वर्षिया पुरुष, काठमाडौंको ७४, ६८ र ८५ वर्षिया पुरुष र चीतवनको ७० वर्षिया पुरुष रहेका छन् ।
प्रतिक्रिया