‘प्रसाद २’मा पनि नम्रता र विपिन नै दोहोरिने

‘प्रसाद २’मा पनि नम्रता र विपिन नै दोहोरिने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। व्यवसायी रूपमा सफल मानिएको चलचित्र ‘प्रसाद’ को सिक्वेल ‘प्रसाद-२’ बन्ने भएको छ। चलचित्रका निर्माता सुवास थापाले प्रसाद-२ बनाउने भएका हुन्।

सुशील पौडेलको पटकथा तथा सम्वाद रहने चलचित्रमा सौरभ चौधरीले निर्देशन गर्नेछन्। यसअघि प्रसादको भने दिनेश राउतले निर्देशन गरेका थिए।

प्रसादकै कलाकार विपिन कार्की र नम्रता श्रेष्ठ नै मुख्य भूमिमा हुनेछन्। उनीहरू दुवैजनासँग सम्झौता भइसकेको छ। अन्य कलाकार छनोट गर्न बाँकी रहेको यो चलचित्रका लागि स्क्रिप्ट लेखनको काम भने सकिएको छ। 

कोरोना महामारीको अवस्था सामान्य भएपछि चलचित्रको छायांकन शुरू हुनेछ। चलचित्र वितरक करण श्रेष्ठले फेसबुकमार्फत चलचित्रबारे सामान्य जानकारी दिएका छन्।

Recent Comments

No comments to show.