अर्थ तथा सञ्चारमन्त्री खतिवडाले दिए राजीनामा

अर्थ तथा सञ्चारमन्त्री खतिवडाले दिए राजीनामा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । अर्थ तथा सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् ।

त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए । उनको अर्थमन्त्रीको रुपमा रहेको ६ महिने कार्यकाल भोलि सकिँदैछ ।

उनले बिहिबारको मन्त्रिपरिषद् बैठकमा राजीनामा दिने घोषणा गरेका थिए । बैठकमा प्रधानमन्त्री ओलीले मन्त्री खतिवडालाई अहिलेसम्मको जिम्मेवारीका लागि धन्यवाद दिएका थिए।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठकले बिहीबार मात्र राष्ट्रियसभामा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको थियो । नेकपाको यो निर्णयसँगै खतिवडाको संसद बन्ने बाटो बन्द भएको थियो ।

Recent Comments

No comments to show.