चन्द्रागिरिमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार

चन्द्रागिरिमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरीले सामूहिक बलात्कार गर्ने दुईजनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका-१ दहचोकमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गर्ने मुगु घर भई चन्द्रागिरि बस्ने २८ वर्षीय लोकेन्द्रबहादुर मल्ल र मुगुकै २३ वर्षीय रतनबहादुर शाहीलाई बिहीबार साँझ पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले एक महिलामाथि सामूहिक बलात्कार भएको सूचनाका आधारमा प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिए ।

पक्राउ परेका विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को करणीसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान तथा कारबाही हुने वृत्तले जनाएको छ । -रासस

Recent Comments

No comments to show.