सत्ताले मातिएको भन्दै वडाध्यक्षमाथि कुटपिट

सत्ताले मातिएको भन्दै वडाध्यक्षमाथि कुटपिट

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिमकोट। आफ्नै पार्टीको बैठकमा वडाध्यक्षमाथि हातपात भएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अदानचुली गाउँपालिका-१ को वडा कमिटी बैठकमा सहभागी वडाध्यक्ष रग थापामाथि पार्टीकै नेता/कार्यकर्ताले कुटपपिट गरेका हुन्।

बैठकमा पार्टीका नेता तथा कार्यकर्ताले गरेका जिज्ञासाका बारेमा जवाफ दिने क्रममा पार्टीका कर्णाली प्रदेश समन्वय परिषद्का सदस्यसमेत रहनुभएका मानबहादुर थापाले हातपात गरेको वडाध्यक्ष थापाले बताए।

सत्ताले मातिएको भनेर आफूमाथि कुटपिट गरिएको उनले जानकारी दिए।

पार्टीको औपचारिक बैठकमा बिना कमजोरी सार्वजनिकस्थलमा आफूमाथि हातपात भएको भन्दै वडाध्यक्ष थापाले प्रशासनमा उजुरी दिने बताएका छन्। – रासस

Recent Comments

No comments to show.