कांग्रेस विवाद : पौडेल पक्ष केन्द्रीय सदस्यहरुबाट राजीनामा दिने तयारी

कांग्रेस विवाद : पौडेल पक्ष केन्द्रीय सदस्यहरुबाट राजीनामा दिने तयारी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल पक्षले कांग्रेसको केन्द्रीय सदस्यबाट राजीनामा दिने तयारी गरेको छ ।

सभापति शेरबहादुर देउवाको एकलौटी निर्णयविरुद्ध धर्नामा उत्रिने चेतावनी दिएका केन्द्रीय नेताहरुले राजीनामा दिने तयारी गरेका हुन् ।

कांग्रेसमा संस्थापन पक्षबाट १४ औं महाधिवेशन प्रभावित पार्ने काम हुन थालेको भन्दै त्यसविरुद्धमा संस्थापन इतरपक्ष आन्तरिक छलफलमा जुटेको हो । भर्च्यूअ बैठकमा पौडेल पक्षका २५ जना केन्द्रीय सदस्यहरुको सहभागिता थियो ।

रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, बलबहादुर केसी, शेखर कोइराला, चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, दिलेन्द्र बडू, धनराज गुरुङ, गुरु घिमिरे, बद्री पाण्डे, जीवन परियार, रत्ना शेर्चन, कमला पन्तलगायतको सहभागिता थियो ।

समितिका सदस्य गुरुराज घिमिरेका अनुसार देउवाको निर्णयविरुद्ध ६ चरणको कार्यक्रमसमेत तय गरिएको छ । उनका अनुसार आगामी बैठकले शुरुमा सभापतिलाई गलत निर्णय सच्याउन तीन दिनको अल्टिमेटम दिइनेछ ।

उक्त कदमपछि पनि सभापतिको कदम उसैगरी चलेको खण्डमा राजीनामा दिनसक्नेसम्मको निर्णय हुनसक्ने श्रोतले जनायो ।

Recent Comments

No comments to show.