कारोनाका कारण थप ७ जनाको मृत्यु, मृतकको संख्या २२८ पुग्यो

कारोनाका कारण थप ७ जनाको मृत्यु, मृतकको संख्या २२८ पुग्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोना भाइरसका कारण ४ वर्षया बालिका सहित थप ७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप ७ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् ।

प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा ३ जना महिला र ४ जना पुरुष रहेका छन् । जसमा महोत्तरीकी ४ वर्षिया बालिका, गोरखामा ६५ वर्षिया महिला, रुपन्देहीका ६८ वर्षिया महिला, झापाका ८६ वर्षिया पुरुष, रौतहटका ४० वर्षिया पुरुष, चितवनका ७८ वर्षिया पुरुष, भक्तपुरका ७७ वर्षिया पुरुष रहेका छन् । 

योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २२८ पुगेको छ ।

Recent Comments

No comments to show.