नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, लकडाउन यताकै सर्वाधिक कारोबार

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, लकडाउन यताकै सर्वाधिक कारोबार

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

आइतबार ४.६४ अंकले बढेर बजार बन्द भएको नेप्से परिसूचक सोमबार २२.३१ अंकले बढेको १४८४.९९ बिन्दुमा पुगेको हो ।

यसदिन १८९ कम्पनीको ३ अर्ब ४६ करोड २५ लाख ८६ हजार १२५ रुपैयाँ बराबरको कारोबार भएको छ । ७७ लाख ६३ हजार ५६ कित्ता सेयर किनबेच भएका छन् ।  

कारोबारमा आएका १२ वटा समूहमध्ये ११ वटा समूहको परिसूचक उकालो लागेका छन् भने होटल समूहको सूचक ओरालो लागेको छ ।  यो लकडाउन यताकै सर्वाधिक कारोबार हो ।  

कारोबार भएका मध्ये ११७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ३४ वटा कम्पनीले गुमाएका छन् । यसमध्ये ८ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।   

आज पनि सर्वाधिक कारोबार गर्नेमा पुर्नबिमा कम्पनी बनेको छ । जसको झण्डै २९ करोडको कारोबार भएको छ भने नेको इन्स्योरेन्स कम्पनी १७ करोड ७८ लाख कारोबार भएर दोस्रो स्थानमा रहेको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको १६ करो ८१ लाख भन्दा बढीको कारोबार भएको छ ।  

Recent Comments

No comments to show.