काठमाडौं उपत्यकामा एकै दिन थपिए ४२९ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा एकै दिन थपिए ४२९ जना कोरोना संक्रमित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं उपत्यकामा थप ४२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४२९ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । उपत्यकामा संक्रमित थपिएको यो संख्या अहिलेसम्म कै धेरै हो ।

प्रवक्ता गौतमका अनुसार उपत्यकामा आज थपिएका नयाँ संक्रमित काठमाडौंका ३७२ जना, ललितपुरका १२ जना र भक्तपुरका ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

योसँगै नेपालभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ ।

Recent Comments

No comments to show.