काठमाडौं । नेपालमा कोरोना भाइरसको पीसीआर परीक्षणको शुल्क घटेको छ। आइतबारबाटै लागू हुनेगरी कोरोना परीक्षणको शुल्क घटाएर अधिकतम ४ हजार ४ सय रुपैयाँ कायम गरिएको हो ।
मन्त्रालयको निर्णयबारे जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह(प्रवक्ता डा। समिरकुमार अधिकारीले अब ४४ सयमा पीसीआर परीक्षण गराउन सकिने जानकारी दिए । उनले भने, ‘अब कुनै पनि संस्थाले सेवा शुल्कसहित ४ हजार ४ सय रुपैयाँ मात्रै लिन पाउने छन् । ुसबै शुल्क जोडेर अधिकतम ४४०० सय रुपैयाँ हो । त्यो भन्दा बढी एक रुपैयाँ पनि लिन पाइँदैन ।’
यसअघि सरकारले ५५ सय रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको थियो। सँगै सरकारले लक्षण देखिएका व्यक्तिको मात्र कोरोना परीक्षण निःशुल्क गर्ने भएको छ। लक्षण नदेखिएका व्यक्तिले भने सरकारले अनुमति दिएका अस्पतालमा गएर शुल्क तिरेर परीक्षण गराउनु पर्नेछ।
प्रतिक्रिया