गगन थापाको प्रश्न : डा. केसीलाई अपराधी जस्तो व्यवहार गर्दा प्रधानमन्त्रीलाई लोकको डर लाग्नुपर्ने होइन ?

गगन थापाको प्रश्न : डा. केसीलाई अपराधी जस्तो व्यवहार गर्दा प्रधानमन्त्रीलाई लोकको डर लाग्नुपर्ने होइन ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं सांसद गगन थापाले ग्रामीण इलाकामा स्वयंसेवा गरिरहेका डा. गोविन्द केसीलाई अपराधीको जस्तो व्यवहार गरिएकोमा आपत्ति जनाएका छन् ।

हाल जुम्लामा रहेका डाक्टर गोविन्द केसीलाई अनसन बस्ने तयारी गर्न लागेको भन्दै प्रहरीले अवरोध गर्ने र निगरानी गरेको स्वयं डा.केसीले बताउदै आएका छन् ।

आफ्नो प्रमाणित र आधिकारिक ट्वीटर ह्याण्डलमा प्रधानमन्त्री ओलीलाई मेन्सन गरेर ट्वीट् गरेका सांसद थापाले डा. केसीलाई गरिएको व्यवहारसँग प्रधानमन्त्री ओली डराउनुपर्ने उल्लेख गरेका हुन् ।

“ग्रामीण इलाकामा स्वयंसेवा गरिरहेका डा. गोविन्द केसीलाई अपराधीको जस्तो व्यवहार गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोकले के भन्लान् भनेर डर लाग्नुपर्ने होइन र ? जुन जननिर्वाचित सरकार प्रमुखको मनमा नागरिकसँग डर हुँदैन उनको हातमा नागरिक शासन सुरक्षित होला भन्नेमा भर पर्नु हुँदैन ।” सांसद थापाले उल्लेख गरेका छन् ।

यस्तै उनले जननिर्वाचित सरकार प्रमुखको मनमा नागरिकसँगको डर हुनुपर्नेसमेत उल्लेख गर्दै डर नभएको खण्डमा उसको हातमा नागरिक शासन सुरक्षित नहुनेसमेत प्रष्ट पारेका छन् ।

जुम्लामा बसेर ग्रमीण इलाकामा स्वस्थ्यसेवा गरिरहेका डा. केसीलाई प्रहरीले अवरोध गर्दै आएको छ ।

Recent Comments

No comments to show.