पीसीआर परीक्षणका लागि भनसुन नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

पीसीआर परीक्षणका लागि भनसुन नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण गराउन भनसुन नगर्न आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पीसीआर परीक्षण गराउन भनसुन गर्ने क्रम बढेको उक्त आग्रह गरेका हुन् ।

जोखिम र सङ्क्रमणको सम्भावना भएका व्यक्तिलाई मात्र परीक्षण गरी चाँडै सङ्क्रमित पत्ता लगाई रोकथाम गर्नका लागि पीसीआर परीक्षण गरिने भएकाले अन्यले परीक्षणका लागि भनसुन नगर्न मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आग्रह गरे।

“भएका स्रोतसाधनको समुचित प्रयोग गर्नु हामी सबैको कर्तव्य हो, कोभिड-१९ को परीक्षण गर्ने उपकरण र रिएजेन्ट नेपालमा बन्दैन”, उनले भने, “त्यसैले धेरै नै धनराशि विदेशिने गर्दछ भन्नेले सबैले बुझ्नुपर्ने र आवश्यकताका आधारमा मात्र परीक्षण गर्नुपर्दछ।”

त्यस्तै कोरोना संक्रमितको संख्या बढ्दै जाँदा गम्भीर विरामीको संख्या पनि बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल २२ कोरोना संक्रमित भेन्टिलेटरमा छन् ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार प्रदेश १ मा ३, वागमती प्रदेशमा १७ र प्रदेश ५ मा २ गरी २२ कोरोना संक्रमित भेन्टिलेटरमा छन् ।

मन्त्रालयका अनुसार १७५ संक्रमित आईसीयूमा छन् । प्रदेश १ मा १५, प्रदेश २ मा ३८, वागमती प्रदेशमा ७८, गण्डकी प्रदेशमा ३, प्रदेश ५ मा १७ र कर्णाली प्रदेशमा २४ संक्रमित आईसीयूमा छन् ।

Recent Comments

No comments to show.