विश्वभर १ करोड ७५ लाखभन्दा धेरैले जिते कोरोना, संक्रमितकाे संख्या साढे दुई करोड पुग्याे

विश्वभर १ करोड ७५ लाखभन्दा धेरैले जिते कोरोना, संक्रमितकाे संख्या साढे दुई करोड पुग्याे

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ ।

वर्ल्डाेमिटरका अनुसार हालसम्म विश्वमा दुुई करोड ५१ लाख ५३ हजार ५६८ संक्रमित देखिएका छन्। मृत्यु हुनेको संख्या आठ लाख ४५ हजार ९२५ रहेको छ। संक्रमितको संख्या बढेजस्तै कोरोना भाइरसबाट निको हुनेको संख्या पनि बढेको छ।

हालसम्म एक करोड ७४ लाख ९७ हजार ७३९ जना संक्रमणमुक्त भएको वर्ल्डाेमिटरले जनाएको छ। कोभिड-१९ बाट सबभन्दा बढी अमेरिका र त्यसपछि ब्राजिल प्रभावित भएका छन्।

अमेरिकामा ६१ लाख ३६ हजार १५५ संक्रमित देखिएका छन्। योमध्ये ३४ लाख ६ हजार ९६९ जना निको भएका छन् भने १ लाख ८६ हजार ८२५ जनाको मृत्यु भएको छ।  ब्राजिलमा ३८ लाख ४६ हजार ९६५ जना संक्रमित देखिएका छन्।

यस्तै छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ हजार ६५७ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ७८ हजार ४७२ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३५ लाख ३९ हजार ७१२ पुगेको हो ।

नेपालमा शनिबार देशभर गरी ८८४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ३७ हजार ३४० पुगेको छ । अहिलेसम्म निको भएर घर फर्किनेको संख्या २०,५५५ पुगेको छ । अहिले पनि १६ हजार ५७८ जना संक्रमित उपचारत छन् । त्यस मध्ये १० हजार १४५ जना संस्थागत र ६ हजार ४४५ जना होम आइसोलेसनमा छन् ।

Recent Comments

No comments to show.