७० प्रतिशत श्रमिक सरकारी योजना बारेमा वेखबर

७० प्रतिशत श्रमिक सरकारी योजना बारेमा वेखबर

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। सरकारले श्रमिकहरुलाई विभिन्न खालका योजनाहरु सञ्चालन गरेको छ ।

सरकारले सञ्चालनमा गरेको कार्यक्रमबारे ७० प्रतिशत श्रमिक बेखबर रहेको नेपाल पोलिसी इन्स्टिच्युट र माइग्रेसन ल्याब इन्स्टिच्युटले अध्ययन देखाएको हो ।

२८ प्रतिशतलाई अलिअलि जानकारी भएका र २ प्रतिशत श्रमिकलाई मात्रै पूर्ण जानकारी भएको नेपाल पोलिसी इन्स्टिच्युटकी कार्यकारी बोर्ड सदस्य सरु जोशीले बताईन् ।

उनका अनुसार सरकारले आफु खुशी योजना बनाउँने र योजनाको बारेमा लक्षित बर्गलाई सुचना प्रवाह गर्न नसक्दा श्रमिक वर्ग लाभान्वित हुन नसकेको बताईन् ।

बैदेशिक रोजगारबाट फर्केका ८० प्रतिशत श्रमिक स्वरोजगार हुन चाहन्छन् । २० प्रतिशत श्रमिक जागिर नै चाहन्छन् ।

तर, सरकारले सञ्चालन गरेका श्रम सृजना गर्ने कार्यक्रम, सहुलियत पूर्ण ऋण कर्जाको बारेमा भने बेखबर रहेको उनले बताईन् ।

सरकारले स्वदेशमा फर्कने चाहने श्रमिकलाई ल्याएर कृषिलगायत विभिन्न उद्यममा सहभागी गराउनुपर्नेमा उनले जोड दिइन्।

‘‘व्यवस्थित योजना बनाएर बोल्ड निर्णय लिन सके विदेशबाट फर्किने श्रमिक नेपालको लागि बोझ होइन, अवसर हुनसक्छ,’’ जोशीले भनिन् ।

Recent Comments

No comments to show.