सेनामार्फत सञ्चालित पाँच आयोजनाको वार्षिक कार्य प्रगति ८० प्रतिशत

सेनामार्फत सञ्चालित पाँच आयोजनाको वार्षिक कार्य प्रगति ८० प्रतिशत

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाली सेनाको व्यवस्थापनमा आर्थिक वर्ष २०७६/७७ मा मुलुकमा सञ्चालन रहेकामध्ये पाँच आयोजनाको लक्ष्यको वार्षिक कार्य प्रगति ८० प्रतिशत भन्दा माथि रहेको पाइएको छ।

रक्षा मन्त्रालयअन्तर्गत सञ्चालित विभिन्न प्राथमिकता प्राप्त तथा राष्ट्रिय महत्वका आयोजनामध्ये बङ्करदेखि ब्यारेकसम्म कार्यक्रमको कार्यप्रगति सबैभन्दा अब्बल देखिएको छ। उक्त कार्यक्रमअन्तर्गत १२१ वटा भवन सेनाले निर्धारित समय अघि नै पूरा गरेको छ।

उक्त आर्थिक वर्षमा त्यस  कार्यक्रमका लागि एक अर्ब ८२  करोड ११ लाख ७१ बजेट विनियोजन भएकामा त्यस बजेटबाटै सेनाले थप १८ वटा पूर्वाधार निर्माण गरेको रक्षा मन्त्रालयले जनाएको छ।

कोभिड-१९ का कारण मुलुकका धेरै आयोजना अलपत्र अवस्थामा रहेका बेला यो कार्यक्रमको वार्षिक कार्यप्रगति १०२.५ प्रतिशत रहेको भन्दै मन्त्रालयले अरु आयोजनाको तुलनामा निकै प्रशंसनीय भएको जनाएको छ।

सेनाकै व्यवस्थापनमा निर्माणाधिन कालीगण्डकी करिडोरको वार्षिक लक्ष्यको कार्यप्रगति पनि शतप्रतिशत रहेको तथ्यांक प्रस्तुत गरिएको छ । उक्त आयोजनाका लागि उक्त आर्थिक वर्षमा २५ करोड रकम विनियोजन भएको थियो।

त्यस्तै कर्णाली करिडोरको ९३ प्रतिशत र बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडकको वार्षिक कार्यप्रगति लक्ष्यको शतप्रतिशत नै भएको विवरण प्रस्तुत भएको छ।

कर्णाली करिडोरलाई ३५ करोड तथा बेनीघाट-आरुघाट-लार्केञ्ज्याङ सडकलाई ११ करोड ७५ लाख रकम छुट्याइएको थियो। दार्चुला-घाँटीबगर गोरेटो ट्र्याक निर्माण पनि उक्त आर्थिक वर्षमा लक्ष्यको ८० प्रतिशत काम पूरा भएको छ। – रासस

Recent Comments

No comments to show.