भारतमा एकै दिन हालसम्मकै धेरै संक्रमित भेटिए

भारतमा एकै दिन हालसम्मकै धेरै संक्रमित भेटिए

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतमा एकै दिन अहिलेसम्मको सबैभन्दा धेरै झण्डै ७६ हजार सङ्क्रमित भेटिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ७५ हजार  ८२६ जना सङ्क्रमित भएका छन् ।

बुधबार ७५ हजार ९९५ जनामा कोरोना भाइरस देखिएको थियो भने १ हजार १७ जनाले ज्यान गुमाएका थिए। तर, गत २४ घण्टामा अहिलेसम्म कै सर्वाधिक धेरै जनामा संक्रमण देखिनुका साथै १ हजार ६५ जनाको मृत्यु भएको छ।

हालसम्म भारतमा कूल ३३ लाख ८४ हजार ५७५ जना संक्रमण पुष्टि भएको छ भने ६१ हजार ६९४ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै २५ लाख ८३ हजार ६३ जना कोरोनालाई पूर्ण रूपमा पराजित गरेर निको भएका छन्।

Recent Comments

No comments to show.