निर्मलालाई न्याय दिलाउन दबाब कायम राखौं

निर्मलालाई न्याय दिलाउन दबाब कायम राखौं

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

समय बित्दै गइरहेको छ । तर निर्मलाले अझै पनि न्याय पाउन सकेकी छैनन् । शायद यदि अहिले निर्मलाको ठाउँमा ठूलो पदमा रहेका व्यक्तिका छोरीनातिनी वा दिदीबहिनी बलात्कृत भएका हुन्थे भने तत्काल केही दिनमा नै त्यस घटनाको आवश्यक अनुसन्धान गरी अपराधी पत्ता लगाएर कारबाही गर्थे होलान् ।

भन्नलाई त वीर नेपालीको देश भन्ने तर अपराधीले न्याय पाउन नसक्ने । कहाँ गए ती संविधानका धाराहरु । बलत्कारीले एकपल्ट बलात्कार गर्यो । अनि ती निर्मलालाई मारेर उखुबारीमा मिल्काइदियो । त्यस बलात्कारीले देहको बलात्कार एकपटक गरेपनि न्यायको बलात्कार भने पटक–पटक ग-यो ।

अहिले देशको राष्ट्रपति जस्तो उच्च पदमा महिला नै हुनुहुन्छ । निर्मला जस्ता सबै पीडित महिलाको न्यायको लागि उचित कदम चाल्न सम्माननीय राष्ट्रपति ज्यूलाइ अनुराेध गर्दछाैं । आफैं महिला भएर एउटी निर्दोष चेलीलाई न्याय दिलाउन आफैं पहल गर्नुपर्छ ।

वाह, यस्तो देशमा जन्मिने म लगायतका हरेक महिलाहरुलाई धिक्कार अनुभुति भइरहेकाे छ । यस्ताे अवस्थामा महिला नेतृत्वबाट नै  न्यायको खोजी हुँदैन भने हामीले कसकाे भर गर्ने ? यति नबिर्सनुहोस् कि तपाईं हामी जनताहरुबाट नै निर्वाचित भएर जनताको पैसाबाटै सङ्कलित तलबभत्ता खाएर जनताकाे लागि केही गर्छु भनेर कुर्सीमा बसिरहनुभएको छ । हामीले अरु के नै मागेका छौं र ? हामीले त निष्पक्ष न्याय चाहेका छौं ।

निकै दुखले हुर्काएकी आफ्नी छोरी कसैले खेलौना सम्झेर लास बनाएर फाल्दा बिचरा ती आमाबुबाको मन कति दुखेको होला ? के यसबारेमा हाम्रो नेतृत्व वर्गका व्यक्तिहरुले सोच्नुभएको छ । अब पनि बलात्कार हुँदैन भन्ने छैन । भोलि हजुरहरुकै छोरी, दिदीबहिनी पनि बलात्कारमा पर्न सक्छन् । जब पीडितलाइ न्याय दिलाएर ती नरपिचासहरुलाई उचित कडा सजायँ दिइन्छ, तब मात्र यस्ता घटिया व्यवहार गर्ने अपराधीहरुको मुटु काँप्न थाल्छ ।

कहिले सम्म हामी महिलाहरु यसरी डराएर हिँड्ने ? के हामी महिलाहरुको अस्तित्व नै यहीँ सम्म मात्र हो र ? अहिले सामाजिक सञ्जालबाट सरकार समक्ष कुनै कुरा पनि पुर्याउन गाह्रो छैन । एकजना भारतीय सेलेब्रेटीको रहस्यमय रुपमा मृत्यु हुँदा त्यति सम्म तहल्का मच्चियो भने निर्मला त हामी नेपालीहरुकै एक परिवार सदस्य हुन् । उनको लागि हामी सबै आपसमा एकजुट भएर न्याय दिलाएरै छोडौं । जति सकिन्छ सराेकारवाला निकायलाई दबाब दिउँ ।

अहिले सामाजिक सञ्जाल नचलाउने त कमै होलान् । साना देखि ठूलो पद सम्मका व्यक्तिहरुले आफ्नो फेसबुक वालमा Justice for Nirmala लेखेर पोष्ट गरौं । यतिले पनि भएन भने एउटा ग्रुप बनाएर फेसबुक मार्फत सबैमा  पुर्याउँ । यस्तो कार्य गर्दा हामी माथि जस्तोसुकै परिस्थिति पनि भावी दिनहरुमा आउन सक्छन्, त्यसको प्रवाह नगरी हाम्रो यस अभियानलाई साकार बनाएर नै छोड्ने प्रण गरौं । जति दबाब आएपनि पछाडि नहटौं । निर्मलालाई न्याय दिलाएर मात्र सुकुलमा बसौं । निरन्तर रुपमा यस कार्यको लागि दवाव कायमै राखौं ।

Recent Comments

No comments to show.