आखिर कति दिन टिक्ला नेकपा रसुवाको झुट र भ्रमको खेती ?

आखिर कति दिन टिक्ला नेकपा रसुवाको झुट र भ्रमको खेती ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा जिल्ला आफैमा सुन्दर छ, स्वर्गको एउटा टुक्रा रसुवा नै हो भन्दा पनि फरक नहोला । तर यो स्वर्गको टुक्रमाथि बेला-बेलामा प्राकृतिक र कृतिम आक्रमणहरु भैरहन्नछ । कति सहनशिल अनि कति साहसी छ रसुवा,  सहन पर्ने ठाउमा सहिरहन सक्छ प्रतिक्रमण गर्नु पर्ने ठाउमा प्रतिक्रमण पनि साहसका साथ गर्छ ।

रसुवाले कहिले भूकम्पको  सामना गर्नुपर्छ, कहिले बाढीपहिरोको त कहिले कोरोना रोगको । जसको जति आक्रमण भए पनि साहसका साथ सामना गरेको छ  रसुवाले ।

रसुवा आफैमा सचेत छ, सक्षम छ ।तर कहिलेकाही राजनितीको नाममा फोहोरी खेल खेल्ने छट्टु खेलाडीको भ्रामक कार्यले गर्दा चाहिँ रसुवाले चित्त दुखाउँछ ।

मैले कुरा टाढाको अनि अरुले जस्तै बनावटी कुरा गर्न लागेको होइन ।यहि नजिकैको धोबिखोला पहिरो र त्यहाँको  पुल भ्रष्टहरुको दुहुनो गाई बनेको पुलको  छ ।

आज भन्दा ठिक एक बर्ष अगाडि पनि त्यो पुल भत्केको थियो । पुल मर्मतका लागि भन्दै प्रदेश संसद प्रभात लामाको पहलमा प्रदेशबाट कालिका गाँउपालिकाको ४/ ५ वडा जोड्ने पुलको लागि पचास लाख बिनियिजन भएको थियो ।

जसले जहाबाट बिनियोजन भएको भए पनि अध्यक्ष ज्युको आफन्तजन, पोल्टाको कार्यकर्ता र उहाँको तजबिजभन्दा बाहिर जान त सक्ने नै भएन र गएन पनि ।

उहाँकै  नजिकको एकाघरकै एक सदस्यको नेतृत्वमा उपभोक्ता समिती बन्यो, कार्यलय त्यो चाहदैन्थ्यो जुन अध्यक्ष ज्यु गर्दै हुनुहुन्थ्यो ।

कम्युनिस्ट,त्यही माथी दुई तिहाइ सरकारको आशिर्वाद र एकलौटी स्थानीय सरकार । पचास लाख प्रदेश सरकारको बजेट,आफ्नै हात जगन्नाथ,एकाघरको सदस्यको नेतृत्व मा रहेको समिती, डाडुपन्यु आफ्नो हातमा डुप्लिकेशन र कागजी कुरा आफ्नै तारतम्यमा स्थानीय सरकार किन बजेट हाल्नबाट बन्चित हुने अध्यक्ष ज्यु यथेष्ट बजेट बिनियोजन गर्नु भयो त्यही पुल मर्मतको लागि ।

प्रदेशको बजेट, पालिकाको बजेट चोख्खो बचाउनु थियो, र सिमेन्ट र तारजालीले भरिएका गाडीहरु धोबी खोलाको पुल तिर हुइकिन थाले । प्रदेशको पैसा, पालिकाको पैसा, चीनबाट  अनुदानमा पाएको निर्माण सामाग्रीले पनि अड्याउन सकेन पुललाइ बिल पास नहुँदै बगायो भ्रष्ट विरोधी धोबी खोलाले ।

प्रदेशको बिल पास भएको थिएन,प्राबिधिक र उपभोक्ता समितिको मारामार पर्यो । बनाएको हामीले देखेनौ हामी कसरी भुक्तानी गर्न सक्छौ भन्ने अफिस, नगरी हुदैन कसरी भुक्तानी नहुने रहेछ हेरौ,हाम्रो पनि पहुँच कति छ देखाइदिन्छौ भन्ने समिती ।

अन्तत माथिको आदेशको नाममा भुक्तानी भयो ।अब बिचार गरौ,प्रदेशको बजेट,गाउपालिकाको बजेट जनताको लागि उपलब्ध गराइदिएको निर्माण सामाग्रीले पनि थेक्न नसकेको पुल कस्तो मर्मत भएछ भनेर हेर्न जानेको ताती लाग्यो ।

शक्तिमा भएपछी त जे पनि गर्न मिल्ने रहेछ भन्दै जिब्रो टोक्दै फर्कदै गर्ने जनताले अन्याय,मनपरीतन्त्र सहन सकेन सुनिन्छ भ्रष्टाचारको नाममा एउटा निवेदन अख्तियारतिर पनि परेको छ रे ।

अहिले मुख छोपेर पढ्न पर्ने  हनुमानहरुको एउटा पोष्ट बकरेल्ती फेसबुक वालहरुमा हेर्न पाइएको छ,पहल र निर्माणको बिषयमा ।भुकम्पको बेलामा राज्य छिमेकी देशले भुकम्प पिडित रसुवाली जनताको लागि पठाइदिएको राहतमा र्याल चुहाउने,लुछाचुडी गर्ने र करोडौको हिनामिना गर्नेहरुले अहिले सिधा(सिधा जनतालाइ ढाटेर जस लिन खोज्ने बादरे प्रवृत्ति प्रदर्शन गर्नु आबश्यक नै थिएन ।

अरु बिकासे काम त रसुवाली जनताले राम्रोसँग  देखेको छ,पानीको धाराहरु सुक्दा पनि पहल नभएको,किसानका खेत सिचाइ नपाएर चिरा पर्दा मन नदुखेको,आफ्नो घर अगाडिका सडक चौडा पार्न बाहेक जनताको घरमा जाने सडकको बारे चुनबोलेको ।

यी त खोज्नै पर्ने बिषय होइन खोजेर पनि पाउने कुरा होइन । दाबेदार मित्रहरुसँग बार्षिक चार करोडको दरले आउने संसद विकास कोषको पैसाले ५ बर्षसम्म रसुवामा गरेको जनपक्षीय एउटा काम देखाउने हिम्मत छ ?

छैन,त्यसैले चरीको खुट्टी देख्दैमा चाल पाइन्छ,हिजो गर्ने सम्पुर्ण अधिकार भएको बेलामा गरेको भए पो अहिले गर्ला भन्ने झिनो आशा भने पनि गर्नु ।घोडै चढ्न नजान्नेले घोडाको रेस जित्छु भन्नू इमान्दार रसुवाली जनतालाइ भ्रम छर्नु र गर्न खोज्ने रसुवाली जनताको सच्चा जनप्रतिनिधीलाइ  जवरजस्ती  झुठो साबित गर्न खोज्ने दुस्साह बाहेक केही होइन ।

जनताको सच्चा प्रतिनिधीले मान्छे खटाएर आफ्नो बारे प्रचार गर्न लगाउनै पर्दैन । आफ्नो थुतुनो एनालाई देखाए सबै छर्लङ्ग भैहाल्छ नि ।

त्यसैले बन्नु पर्छ धोबी खोलाको पुल नबनिकन सुख्खै छैन ।भुक्ने कुकुरले टोक्दैन भन्ने कुरा त हामी सबैलाइ थाहा छ,जनताका समस्यासँग परिचित,जनताका सच्चा नेता,जनताका प्रतिनिधि धोबी खोलाको समस्यासँग  परिचित छन ।

हल्ला गर्न भन्दा काम गर्न कम्मर कसेर लागिरहनु भएको छ,आशा मात्र होइन विश्वास पनि छ । संघिय संसाद माननीय मोहन आचार्य र प्रदेश  संसद माननीय प्रभात लामाको पहलमा धोबी खोला पुल बन्नेछ ।

Recent Comments

No comments to show.