नेप्से दोहोरो अंकले बढ्यो, अनलाईन कारोबार अहिलेसम्मकै सर्वाधिक

नेप्से दोहोरो अंकले बढ्यो, अनलाईन कारोबार अहिलेसम्मकै सर्वाधिक

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । मंगलबार ९।३४ अंकले बढेर कारोबार बन्द भएको नेप्से परिसूचक बुधबार २१.१०  अंकले बढेको १४६२.३ बिन्दुमा पुगेको हो ।

यसदिन १८६ कम्पनीको २ अर्ब ६५ करोड ६१ लाख ६३ हजार ७३० रुपैयाँ बराबरको कारोबार भएको छ । ५८ लाख ८२ हजार १०१  कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये १० वटा समूहको परिसूचक उकालो लागेका छन् भने २  समूहको परिसूचक ओरालो लागेका छन् । पुर्णरुपमा स्वचालित अनलाईन कारोबार शुरु भएयताको यो कारोबार सर्वाधिक उच्च कारोबार हो ।

बुधबार नेप्सेमा १४६ वटा स्कृप्टको बिक्रि ३४ हजार ६२० वटा कारोबारमार्फत हुँदा यस्तो उच्च कारोबार देखिएको हो ।

यो साता बजारले सकारात्मक लय समातेको छ । आजको कारोबारमा पुर्नबीमा कम्पनीको सर्वाधिक कारोबार भएको देखिन्छ । जसको ३४ करोड ९२ लाख रुपैयाँ बराबरीको कारोबार भएको छ ।

Recent Comments

No comments to show.