गायक मानस राजको गित ‘उठ्न देऊ’ सार्वजनिक

गायक मानस राजको गित ‘उठ्न देऊ’ सार्वजनिक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। गायक मानस राजको गीत ‘उठ्न देऊ’ सार्वजनिक भएको छ।

भाइरल भैदियो, मै हुँ हिरो, र ‘दिलको ट्रेण्डिङ’ जस्ता चर्चामा रहेको गित पछि उनले अहिले उठ्न देऊ लिएर आएका हुन् ।

ड्रग्स एडिक्ट तथा कुलतमा फसेकाहरुलाई हाम्रो समाज, घर परिवारले गर्ने ब्यबहार र घृणालाई म्युजिक भिडियो मार्फत देखाइएको छ।
 
सत्य घटनामा आधारित सञ्जीव क्षेत्री अर्थात सन्जु बाबाले बाल्यकाल देखिनै कुलतमा फसेर भोग्नु परेको दुख पिडा, सामाजिक बहिस्कारलाइ भिडियोमा जस्ताको त्यस्तै देखाउन खोजिएको छ भने भिडियोको अन्तिममा सन्जु बाबा कसरि कुलत बाट छुट्कारा पाएर सामाजिक जिबनमा फर्के भन्ने कुरा आकर्षक ढंगबाट प्रस्तुत गरिएको छ।
 
सन्जु बाबालाइ उक्त भिडियोमा दुई पक्ष सकारात्मक तथा नकारात्मक रुपमा निर्देशकले अभिनय गराएका छन्। सन्जु बाबा संगै ३ बर्षिय बाल कलाकार क्रिभिशेषको लोभलाग्दो जिबन्त अभिनय समेत देख्न सकिनेछ।
 
मनिस बसिष्ठको शब्द, गायक मानस राजको आफ्नै स्वर र संगीत रहेको गितलाइ प्रदिप जोशीले एरेन्ज गरेका हुन्। भिडियोमा छायाँकार रिक्की कर्माचार्यले छायांकन तथा सम्पादन रहेको छ ।
 
त्यसैगरि भिडियोलाइ गायक मानस राज स्वयंले निर्देशन गरेका छन भने सहायक निर्देशक प्रभाकर न्यौपाने रहेका छन् । सार्बजनिक भिडियोमा सन्जु बाबा, क्रिभिशेष खड्का, संगीता थापा, रोजन बराइली र प्रविन तामाङ वाइबालाइ फिचर्ड गरिएको छ।

Recent Comments

No comments to show.