घरपरिवारमा सीमित रहेर गौरा पर्व मनाउन कांग्रेस सभापतिको आग्रह

घरपरिवारमा सीमित रहेर गौरा पर्व मनाउन कांग्रेस सभापतिको आग्रह

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्नलायक धार्मिक, सांस्कृतिक रीतिरिवाज र परम्परा रहेको र त्यसमध्ये गौरा पर्वले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको बताएका छन्।

गौरा पर्वको अवसरमा शुभकामना दिँदै देउवाले विशेष गरी सुदूरपश्चिममा मनाइने यो पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएको उल्लेख गरेका छन्।
 
कोरोना महामारीका कारण देशका कैयौं भागमा लकडाउन र निषेधाज्ञा जारी रहेकाले यतिबेला जनजीवन कष्टकर बनेको उल्लेख गर्दे उनले यस्तो प्रतिकूल समयमा जोखिमलाई दृष्टिगत गर्दै सुरक्षित रूपमै घर-परिवारमा सिमित रहेर गौरा पर्व मनाउन आग्रह गरेका छन्।

सभापति देउवाले गौरा पर्वले सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरेका छन्।

सभापति देउवाले गौरा पर्वले सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरेका छन्।

Recent Comments

No comments to show.