भारतमा एकैदिन थपिए ६० हजारभन्दा बढी कोरोना संक्रमित,संक्रमितको संख्या ३१ लाख नाघ्यो

भारतमा एकैदिन थपिए ६० हजारभन्दा बढी कोरोना संक्रमित,संक्रमितको संख्या ३१ लाख नाघ्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। भारतमा एकै दिन ५९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।

वल्डोमिटर्सका अनुसार भारतमा संक्रमितको संख्या पछिल्लो २४ घण्टामा ५९ हजार ६९६ जना संक्रमित भएसँगै  कोरोना संक्रमितको संख्या ३१ लाख ६४ हजार ८८१ पुगेको हो ।

संक्रमितमध्ये अहिलेसम्म २४ लाख ३ हजार १०१ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ३ हजार २३४ जनाको उपचार भइरहेको छ ।
भारतमा अहिलेसम्म कोरोनाभाइरस संक्रमणबाट ५८ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ८५४ जनाको मृत्यु भएपछि भारतमा मंगलबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५८ हजार ५४६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

भारत विश्वमा कोरोना संक्रमण उच्च हुने देशको तेस्रो स्थानमा छ। पहिलो स्थानमा अमेरिका र दोस्रो स्थानमा ब्राजिल रहेका छन्। ब्राजिल र भारतबीचको संक्रमणदुर खुम्चिँदै गएको छ

Recent Comments

No comments to show.