बढ्यो डिजिटल कारोबार, वालेट प्रयोगकर्ताको संख्या करोड नाघ्यो

बढ्यो डिजिटल कारोबार, वालेट प्रयोगकर्ताको संख्या करोड नाघ्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निषेधाज्ञाको अवधिमा मोबाइल (वालेट) बैंकिङको कारोबार उल्लेख्य बढेको छ ।

कोभिड–१९ को बढ्दो जोखिम, लकडाउनका कारण सहज आवतजावतमा पुगेको बाधा, बैंकहरूले विद्युतीय बैंकिङ कारोबार निःशुल्क गरेकोलगायत कारण मोबाइल(वालेट) बैंकिङ कारोबार उल्लेख्य बढेको जानकारहरू बताउँछन् ।

राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार २०७७ असारमा मोबाइल (वालेट) प्रयोग गर्नेहरुको संख्या १ करोड १ लाख ७९ हजार, कनेक्ट आइपीएस प्रयोग गर्नेहरुको संख्या ६ लाख ९६ हजार, आइपीएस प्रयोग गर्नेको संख्या ५ लाख ९६ हजार रहेको छ ।

त्यस्तै मोबाइल बैंकिङ प्रयोग गर्नेहरुको संख्या ५८ लाख १७ हजार र इन्टरनेट बैंकिङ प्रयोग गर्नेको संख्या ६ लाख ५३ हजार रहेको छ ।

त्यस्तै बैशाखमा एटीएमबाट कारोबार गर्नेको संख्या ३४ लाख ८८ हजार २८ रहेकोमा असार मसान्त सम्ममा ६३ लाख दुई हजार पुगेको छ ।

बैशाखमा मोबाइल बैंकिङबाट आठ अर्ब ६४ करोड रुपैयाँ कारोबार भएकोमा असारमा आइपुग्दा १८ अर्ब ८३ करोडभन्दा बढीको कारोबार भएको छ ।

त्यस्तै डिजिटल वालेट मार्फत हुने कारोबार पनि बढेको छ । हाल सम्म एक करोड बढी प्रयोगकर्ताले असारमसान्त सम्म १० अर्ब भन्दा बढी कारोबार गरेका छन् ।

एटीएम, डेविट कार्ड, क्रेडिट कार्ड, आरटिजिएस, इसीसी, आइपिएस र कनेक्ट आइपीएसबाट हुने कारोबारको रकम तथा संख्या समेत ह्वात्तै बढेको देखिन्छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण ४ महिना लामो लकडाउनमा विद्युतीय कारोबार गर्नेको संख्या वृद्धि भएको तथ्यांकबाट देख्न सकिन्छ ।

Recent Comments

No comments to show.