काठमाडौं । सेयर बजार लगातार दोस्रो दिन दोहोरो अंकले बढेको छ । आइतबार करिब १३ अंकले बढेको बजारमा आज पनि उच्च अंकको वृद्धि भएको छ ।
सूचकसँगै आज कारोबार रकम पनि झन्डै दोब्बरले वृद्धि भएको छ । अनलाइन प्रणालीबाटै भएको कारोबारमा २ अर्ब भन्दा बढीको कारोबार भएको छ ।
आज सेयर बजार मापक सूचक नेप्से २१.११अंकले बढेर १४३१.४६ बिन्दुमा पुगेको छ । यसदिन १८२ कम्पनीको २ अर्ब १३ करोड ९२ लाख २ हजार ७५ रुपैयाँ बराबरको कारोबार भएको छ । ४९ लाख २४ हजार २८९ कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएका १२ वटा समूहमध्ये होटल बाहेक बाँकी सबै समूहको परिसूचक उकालो लागेका छन् । आज जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १६२.८७ अंकले बढेको छ ।
कोराबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनीको सेयर शीर्ष स्थानमा रह्यो । यसको २९ करोड ३७ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा नेपाल लाइफ र नेको इन्स्योरेन्सको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।
आज कर्पोरेट डेपलपमेन्ट बैंकको सेयर मूलय सबैभन्दा धेरै ६.९० प्रतिशतले बढेको छ भने छ्याङदी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै २.२५ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया