युट्युब ट्रेन्डिङमा ‘आलु जस्तो गायक’

युट्युब ट्रेन्डिङमा ‘आलु जस्तो गायक’

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । युवा पुस्तामाझ लोकप्रिय गायक दुर्गेश थापाको गीत ‘आलु जस्तो गायक’ सार्वजनिक भएको तीन दिनमै युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नं. एकमा आएको छ ।

गीतले आईतबार बिहानसम्म ९ लाख भ्युअर नाघिसकेको छ । गीतमा वसन्त थापाले शब्द/सङ्गीत दिएका हुन् । भिडियो निर्देशन शिव विकले गरेका हुन् ।  गीतमा गायक थापासँगै नायक पल शाह, पुष्प खड्का र सारिका केसीको अभिनय÷नृत्य रहेको छ ।

‘इनाक्षी इन्टरटेन्टमेन्ट’ युट्युब च्यानलबाट सार्वजनिक गीतमा थापाको साङ्गीतिक जीवनको भोगाइ र उतारचढाव समावेश छ । केही साताअघि एक टेलिभिजन अन्तर्वार्तामा नारायण गोपालको गीत गाउन लगाउँदा भक्तराज आचार्यको गीत गाएपछि गायक थापा ट्रोलको शिकार बन्नुपरेको थियो । थापाको साङ्गीतिक ज्ञानको स्तरलाई लिएर धेरैले व्यङ्ग्य गरेका थिए ।

त्यसैले थापाले यस गीतमा आफ्नो बिषयमा गीत मार्फत पीडा समेत पोखेका छन् । थापाको यही वर्ष सार्वजनिक ‘बीच्चबीचमा–२’ तीज गीत पनि चर्चित छ । गीतमा कोरोना महामारीले जनजीवनमा पारेको प्रभावबारे उल्लेख छ । उक्त गीतले पनि युट्युबमा एक करोड बढी भ्यूज बटुलेको छ ।

Recent Comments

No comments to show.